ट्रयाक्टर दुर्घटना हुँदा मृत्यु

ट्रयाक्टर दुर्घटना हुँदा मृत्यु

लोकसंवाद संवाददाता  |  समाज  |  असार २५, २०७७

सल्यान । यहाँ ट्रयाक्टर दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ ।  दार्मा गाउँपालिका–४ सरसुखोलामा बिहीबार बिहान ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको हो । 

कुमाख गाउँपालिका ५ नेटाबाट रुकुम चौरजहारी जाँदै गरेको रा १ त ३४८७ नम्बरको ट्रयाक्टर दुर्घटना हुँदा ट्रयाक्टरधनी कुमाख गाउँपालिका ५ झारकाँडाका तिलक थापाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।  दुर्घटनामा परी सोही ठाउँका सहचालक गम्भीर घाइते भएको बताइएको छ  । शव परीक्षणका लागि सल्यान अस्पताल ल्याउने तयारी भइरहेको छ ।