करेन्ट लागेर एकको निधन

करेन्ट लागेर एकको निधन

लोकसंवाद संवाददाता  |  समाज  |  असार २५, २०७७

सर्लाही । जिल्लामा करेन्ट लागेर एक जनाको निधन भएको छ ।

निधन हुनेमा ईश्वरपुर नगरपालिका वडा नं ३ बानटोल बस्ने ४२ वर्षीय जदु सहनी रहेको प्रहरीले जनाएको छ ।

गएराति आफ्नै घरमा बिजुलीको प्लग जोड्ने क्रममा उनीलाई करेन्ट लागेर निधन भएको प्रहरी नायब उपरीक्षक मदन कुँवरले जानकारी दिनुभयो ।

करेन्ट लागेर गम्भीर बनेका उनीलाई उपचारका लागि बयलवासतर्फ लगिँदै गर्दा बाटोमै निधन भएको प्रहरी नायब उपरीक्षक कुँवरले जानकारी दिनुभयो ।

यसैबीच सर्लाहीको वागमती नगरपालिकामा डुबेर एक व्यक्तिको निधन भएको छ ।

वागमती नगरपालिका वडा नं १ सैलुङडाँडा बस्ने ४५ वर्षीय कलमान लोप्चनको पँधेरीखोल्सीमा डुबेर निधन भएको प्रहरीले जनाएको छ ।

बुधबार साँझ लोप्चनको पँधेरीखोल्सीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मलङ्गवाले जनाएको छ ।

शव परीक्षणका लागि दुवै जनाको शव अहिले जिल्ला अस्पताल मलङ्गवामा राखिएको छ ।