उद्धारमा कुनै कसर बाँकी नराखिने

उद्धारमा कुनै कसर बाँकी नराखिने

लोकसंवाद संवाददाता  |  समाचार  |  असार २५, २०७७

हेटाैंडा । वागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले सिन्धुपाल्चोकको बाह्रबीसेमा आएको भीषण बाढी तथा पहिरामा परी भएको मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गर्नुभएको छ ।  आज एक सन्देश जारी गर्दै मुख्यमन्त्री पौडेलले खोजी तथा उद्धारलाई द्रुत र प्रभावकारी बनाउन प्रदेश सरकारले कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गर्नुभयो  । उहाँले सन्देशमार्फत शोकसन्तप्त परिवारमा समवेदनासहित घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना पनि गर्नुभएको छ ।

खाडीचौरभन्दा माथिको पुल बगाएकाले बाटामा असहजता भए तापनि त्यस क्षेत्रमा हाल प्रहरी निरीक्षकको नेतृत्वमा नेपाल प्रहरी तथा नेपाली सेनाका सहसेनानीको नेतृत्वमा १० जनाको टोली पुगिसकेको छ । घाइतेका उद्धारका लागि नेपाली सेनाको हेलिकप्टर त्यसतर्फ जाँदै छ ।