डिशहोमले  हरेक हप्ता नगद दुई लाख जित्ने मौकालाई  निरन्तरता दिने

डिशहोमले  हरेक हप्ता नगद दुई लाख जित्ने मौकालाई  निरन्तरता दिने

लोकसंवाद संवाददाता  |  कारोबार  |  असार २६, २०७७

ललितपुर । डिशहोमले सञ्चालन गरेकोे डिलर दाईको डिस्काउन्ट अफरको व्यापक सफलता र ग्राहकहरुको अत्याधिक मागलाई ध्यानमा राखि यो अफरलाई निरन्तरता दिईने भएकोछ । २०७६ फागुन २ गते देखि सुरु भएको डिलर दाईको डिस्काउन्ट अफर ४४ हप्ताको लागि संचालन हुने भनिएको भए पनि ग्राहकहरुको अत्याधिक मागका कारण यो अफर जारि रहने भएको हो । 

डिशहोमको देशभर रहेको बिक्रेता वा नजिकैको डिलर मार्फत फन्ड ट्रान्सफर वाट बार्षिक रिचार्ज गर्दा Weekly Lucky Draw  मा सहभागी हुन पाईनेछ । हरेक हप्ताको शुक्रबार साँझ ५ बजे डिशहोमको  Showcase channel No 100, showcase 2 channel No.101 र रमाईलो टिभीमा  Live Lucky Draw  मार्फत २ जना भाग्यशाली विजेता छनौट हुनेछन् ।

यो योजना अनुसार २ जना भाग्यशाली विजेताहरुले प्रति व्यक्ति रु १,००,००० (एक लाख) नगद प्राप्त गर्नु हुनेछ । फन्डट्रान्सफर बारे अधिक जानकारीको लागि देशभर रहेको डिशहोम बिक्रेता, नजिकैको डिलर वा डिशहोमको ग्राहक सेवा केन्द्रमा सम्पर्क गर्न सकिन्छ । ग्राहकहरुको मागलाई ध्यानमा राख्दै अव अनलाइन मार्फत ५ हजार वा सो भन्दा माथि रिचार्ज गर्ने ग्राहकहरुलाई पनि यो Weekly lucky Draw मा सहभागी गराईने भएको छ ।