अवैध लागूऔषध गाँजा सहित पक्राउ

अवैध लागूऔषध गाँजा सहित पक्राउ

लोकसंवाद संवाददाता  |  अपराध  |  असार २६, २०७७

मकवानपुर । हेटौंडा उपमहानगरपालिका-१६ चिसापानी चोकबाट अवैध लागूऔषध गाँजा ७ केजी सहित सोही उपमहानगरपालिका-१५ बस्ने ५८ वर्षीय राम बहादुर भोलन समेत ३ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।