जुवातास खेलिरहेको अवस्थामा पक्राउ

जुवातास खेलिरहेको अवस्थामा पक्राउ

लोकसंवाद संवाददाता  |  अपराध  |  असार २६, २०७७

कास्की । पोखरा महानगरपालिका-१७ ड्यामसाईडस्थित निर्मल बहादुर महराको घरमा जुवातास खेलिरहेका सोही ठाउँ बस्ने ५१ वर्षीय निर्मल बहादुर भट्टराई लगायत ५ जनालाई नगद २३ हजार ३ सय ३५ रुपैयाँ र ४ बुक तास सहित बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । 

जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।