अवैध रुपमा ल्याउँदै गरेको युरिया मल सहित पक्राउ

अवैध रुपमा ल्याउँदै गरेको युरिया मल सहित पक्राउ

लोकसंवाद संवाददाता  |  अपराध  |  असार २६, २०७७

सप्तरी । रुपनी गाउँपालिका-१ राजबिराज रुपनी सडकबाट प्रदेश २-०१-००१ ह ०२५४ नम्बरको अटो रिक्सामा अवैध रुपमा लोड गरी ल्याउँदै गरेको करिब ११ हजार रुपैयाँ बराबरको युरिया मल सहित अटो चालक राजगढ गाउँपालिका-६ बस्ने ३१ वर्षीय धर्मदेव मिश्रलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय रुपनीबाट खटिएको प्रहरीले उक्त अटो सहित उनलाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।