करेन्ट लागेर मृत्यु

करेन्ट लागेर मृत्यु

लोकसंवाद संवाददाता  |  समाज  |  असार २६, २०७७

सुर्खेत । बीरेन्द्रनगर नगरपालिका-३ तातापानी पतेनी रोडस्थित जय बहादुर थापाको घरको बाथरुममा टायल मार्बल लगाउन विद्युतको काम गर्ने क्रममा सोही ठाउँ भगतवी टोल बस्ने ५८ वर्षीय तेज बहादुर पुन मगरको करेन्ट लागेर बिहीबार साँझ मृत्यु भएको   छ । 

करेन्ट लागेर अचेत भएका अवस्थामा फेला परेका उनलाई उपचारको लागि कर्णाली प्रदेश अस्पताल कालागाँउ सुर्खेततर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।