आगलागीबाट विभिन्न धनमाल नष्ट

आगलागीबाट विभिन्न धनमाल नष्ट

लोकसंवाद संवाददाता  |  समाज  |  असार २६, २०७७

काठमाडौं । झापा, अर्जुनधारा नगरपालिका-६ बस्ने अच्युत ढकालको गाईगोठमा बिहीबार दिउँसो बिजुलीको तार सर्ट भई आगलागी हुँदा पराल, चिरान गरी राखेको सखुवाको काठ लगायत जलेर करिब ३ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

चितवन, भरतपुर महानगरपालिका-३ कमलनगर बस्ने टिकाराम सुवेदीको घरमा बिहीबार साँझ विद्युत सर्ट भई आगलागी हुँदा रामहरी लम्साल र राजेश उप्रेतीको मिडिसिन ईन्टरप्राईजेज नामक होलसेल औषधी पसलको करिब डेढ करोड रुपैयाँ बराबरको औषधी जलेर नष्ट भएको छ ।

स्थानीयबासी र  दमकलको सहयोगमा आगो नियन्त्रणमा लिई यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।