राहुल गान्धीले गरेको विरोधमा  मनमोहन सिंहद्वारा सम्मान प्रदान

राहुल गान्धीले गरेको विरोधमा  मनमोहन सिंहद्वारा सम्मान प्रदान

लोकसंवाद संवाददाता  |  समाचार  |  चैत्र ३, २०७५

काठमाडौं । भारतका पूर्व प्रधानमन्त्री डा. मनमोहन सिंहले नरेन्द्र मोदी सरकारका वित्तमन्त्री अरुण जेटलीलाई पुरस्कृत गरेका छन् । 

 नयाँ दिल्लीमा भएको एउटा समारोहमा ‘जीएसटी काउन्सिल’का लागि अरुण जेटलीलाई ‘अवार्ड’ दिएर सम्मानित गरिएको हो ।

  यस समारोहको विशेषता यो रह्यो, पुरस्कृत हुने जेटलीलाई यो सम्मान भारतका पूर्व प्रधानमन्त्री मनमोहन सिंहले हस्तान्तरित गर्नुभयो । 

 भारतमा नरेन्द्र मोदीको सरकारले ‘जीएसटी टैक्स’ प्रणाली लागू गर्दा मनमोहन सिंहको पार्टी कांग्रेसले यसको चर्को विरोध गरेको थियो । पार्टी अध्यक्ष राहुल गान्धीले यसलाई गब्बर सिंह टैक्स भनी आलोचना गरेका थिए । 

मीडिया संस्थान ‘हिन्दु बिजनेस लाईन’ले आयोजना गरेको ‘चेन्जमेकर अवार्डस्’ समारोहमा ‘जीएसटी काउन्सिल’लाई ‘चेन्जमेकर अफर इअर’ सम्मान प्रदान गरिएको थियो । वित्तमन्त्रीका रुपमा अरुण जेटली ‘जीएसटी काउन्सिल’को चेयरमैन हुन । 

‘जीएसटी काउन्सिल’लाई यो पुरस्कार ‘वन नेशन वन टैक्स’ को दिशामा महत्वपूर्ण काम गर्नका लागि प्रदान गरिएको हो । 

कांग्रेस अध्यक्ष राहुल गान्धीले ‘जीएसटी’लाई लिएर सँधै मोदी सरकारको चर्को विरोध गर्दै आइरहेका थिए । अब स्वयं उनकै पार्टीका वरिष्ठतम नेता तथा पूर्व प्रधानमन्त्रीले ‘जीएसटी काउन्सिल’लाई पुरस्कृत गरेपछि राहुलको विरोध हावादारी भएको प्रमाणित भएको छ । 

मनमोहन सिंहले स्वयं सम्मान पत्र दिएपछि ‘जीएसटी’लाई लिएर जनतालाई गुमराह गरी आफ्नो राजनीतिक स्वार्थसिद्धि गर्ने कांग्रेसको एउटा मुद्दा तिरोहित भएको opindia.com ले आफ्नो समाचारमा लेखेको छ ।