थपिए ११८ जना कोरोना संक्रमित

थपिए ११८ जना कोरोना संक्रमित

लोकसंवाद संवाददाता  |  स्वास्थ्य  |  असार २६, २०७७

काठमाडौं । नेपालमा कोरोनाभाइरसका १ सय १८ जना नयाँ संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले देशभरका २५ वटा प्रयोगशालामा विगत २४ घण्टामा ४ हजार ८ सय १०  जनाको पिसिआर परीक्षण गर्दा १ सय १८ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।

बिहीबारसम्म कोरोनाका १६ हजार ५ सय ३१ संक्रमित थिए। यो संख्या बढेर शुक्रबार १६ हजार ६ सय ४९ पुगेको हो ।

 देशभरका क्वारेन्टिनमा २३ हजार ९ सय १० जना मानिसहरू छन् । 

पछिल्लो २४ घण्टामा १२० जना डिस्चार्ज भएका छन् । 

अहिलेसम्म ८ हजार ११ संक्रमित निको भएका छन् । 

अहिलेसम्म संक्रमितमध्ये ४८।१० प्रतिशत निको भइसकेका छन् भने ३५ जनाले ज्यान गुमाएका छन् ।