अचम्मको ‘सिक्सर’, महिलाले जम्माइन ६ वटा बच्चा

अचम्मको ‘सिक्सर’, महिलाले जम्माइन ६ वटा बच्चा

लोकसंवाद संवाददाता  |  जीवनशैली  |  चैत्र ३, २०७५

काठमाण्डौ: तपाईले एकै पटकमा कुनै महिलाले कति जनासम्म बच्चा जन्माएको सुन्नु भएको छ ?

 दुई, तीन, चार, पाँच तपाईलाई हावादारी लागे पनि अमेरीकाको एउटा महिलाले एकै पटकमा ६ वटा बच्चालाई जन्म दिएकी छन् । आमा र ६ वटै बच्चा पूर्ण स्वस्थ छन् । 

 हामीलाई अचम्म लागे पनि यो अचम्मको ‘डिलीभरी’ अमेरीकाको टेक्सास शहरमा भएको छ । 

टेक्सासको एउटा स्थानीय अस्पतालमा वच्चाहरुको ‘सिक्सर’लाउने यी महिला हुन, थेल्मा चिका (Thelma Chiaka)  

उनले गत शुक्रबार १५ मार्चका दिन बिहान ४ बजेर ५० मिनेट देखि ४ बजेर ५९ मिनेटको अवधिमा ६ वटा बच्चा जन्माएकी हुन् । 

अस्पताल प्रबन्धनले दिएको जानकारी अनुसार उनले तीन वटा सेटमा दुइ दुइ बच्चा गरि ६ वटा बच्चा जन्माएकी हुन् । पहिलो सेटमा दुईवटा छोरा जन्मिए, दोस्रो सेटमा फेरी दुईवटा छोरा, र तेस्रो सेटमा दुईवटा छोरी जन्मिएका थिए । 

 थेल्मा चिकाले लगाएको यस ‘सिक्सर’बाट उनको परिवार एवं अस्पतालका डाक्टर एवं नर्स अति खुशी भएका छन् । 

अस्पतालका अनुसार जन्मिएका बच्चाहरुको तौल ७५४ ग्राम देखि लिएर १३०० ग्राम सम्म रहेको छ । 

आमा थेल्माले आफ्ना दुबै नवजात छोरीको नाम जिना (ZiNA) र ज्युरियल (ZURIEL) राखेकी छन् । आमा तथा परिवारका अन्य सदस्य चारवटै छोराको नाम के राख्ने भन्ने बारे सोची रहेका छन् । 

आमा थेल्मा तथा उनको परिवारले यस्तो अचम्म हुन सक्ने कल्पना पनि नगरेको बताए । 

डाक्टरहरुका अनुसार एकै पटकमा ६ वटा बच्चा जन्मिनु संसारकै बिरलै केस हो । संसारभरि रहेका ४७० करोड महिला मध्ये कुनै एकाध महिलामा यस्तो दुर्लभ ‘डिलीभरी’ हुन सक्छ ।