'गजब सिनेमा'

'गजब सिनेमा'

प्रा.डा. विष्णु राई  |  साहित्य  |  असार २७, २०७७

जमाना हिरोको
संविधान सिनेमामा हिरो खूब खेल्यौँ
टिकट काटेर हेरेँ
अलिक झेली कथा लेखेछौ
विरोधीको हल्का गर्धन रेटेछौ
विक्षिप्त मृत्युपछि
तिमी हाँसेको सिन
पटक्कै मन परेन
क्रूर शासकले पनि
यो हद गर्दैन
मन्दिरमा त खूब धर्मको घन्टी बजाएर
पुण्य गरेँ भन्थ्यौ
फिलिमको नायक डर लाग्दो खेल्यौ ।
महाभारतको प्रभावले हो कि
यो शताब्दीमा पक्कै तिम्रो
बुद्धि कमजोर होइन
सुन्दर फिलिम हेरेँ
भिलेनको रोल भयानक खेल्यौ
विरोधीलाई बेनेटले घोचेर
निर्मम हाँस्यौ
फिलिमको कति दृश्य मन परेन
तिम्रो भूमिका षड्यन्त्रकारी फिलिममा
कहीँ आफैँ तरबार लिएर निस्कूँ भएँ
मैले खेल्ने फिलिममा रोल थिएन ।
हेर्न बाध्य भएँ
ढोका बन्द थियो
कति हेर्न सकिनँ
पछाडिबाट छुरा हानेको
फिलिम उत्कर्षमा थियो झेलको
गोली चलायौ फिलिमको अन्तिम दृश्यमा
बाहिर मान्छे ढलेको थियो
बहादुर ठानेर हाँसिरहेको थियौ
यो सिन हेर्न सकिनँ ।
करामत मान्नै पर्छ
संविधान कथा लेखेर
रोचक फिलिमको हिरो खेल्यौ
अरूलाई गाडेर पद खायौ
म समेत मरेको मैले हेरेँ
योभन्दा ठूलो मृत्यु के हुन्छ मेरो
फेरि मर्न पर्दैन
तिम्रो फिलिममा जिउँदै मरेँ ।

हजुरले दिएको कोट/१८९ 
एक ‘सिन’ यस्तो हुनुपर्दथ्याे 
सायद बिर्सयाै
सयौँ चिहानमाथि
संविधानको कथा लेखिन्छ
फेरि चिहानभित्र पछि कथा पुरिन्छ
तिम्रो फिलिम पूरै हेरेँ
पलपल मर्दै
म हाँसेको सिन आफैँ हेरेँ ।

२०७२/१/ ३०