सूर्यकोष भित्रका चाैध भुवनवासीले पुनर्जन्म लिन नपर्ने अवस्था

सूर्यकोष भित्रका  चाैध भुवनवासीले  पुनर्जन्म  लिन नपर्ने  अवस्था

बाबुहरि ज्ञवाली  |  जीवनदर्शन  |  असार २७, २०७७

    सर्वद्वाराणि संयम्य मनो हृदि निरुध्य च ।
    मूध्न्र्याधायात्मनः प्राणमास्थितो योगधारणाम् ।। १२ ।।

    ओमित्येकाक्षरं ब्रम्ह व्याहरन् मामनुस्मरन् ।
    यः प्रयाति त्यजन् देहं स याति परमां गतिम् ।। १३ ।।

अन्वय र अर्थ – यः = जुन साधक, सर्वद्वाराणि = समस्त इन्द्रियहरूलाई, संयम्य = संयम गरेर, मनः च = मनलाई पनि, हृदि = हृदयकमलमा,निरुध्य = निरुद्ध गरेर, आत्मनः = आप्mनो, प्राणं = प्राणलाई, मूध्र्नि = मस्तकमा, आधाय = स्थापित गरेर, योगधारणां = योगधाराणामा, आस्थितः (सन्) = प्रवृत्त भएको छँदो, ॐ इति = ॐ यो, एकाक्षरं = एकाक्षर, ब्रम्ह = ब्रम्हमन्त्र, व्याहरन् = उच्चारण गर्दै, मां = मलाई, अनुस्मरन् = स्मरण गर्दै गर्दै,  देहं = शरीरलाई, त्यजन् = त्याग गर्दो छँदो, प्रयाति = जान्छ, सः = त्यस्तो व्यक्ति, परमां = परम, गतिं = गतिमा, याति = प्राप्त हुन्छ ।

भावार्थ – जसले सम्पूर्ण इन्द्रियद्वारलाई संयत गरेर मनलाई हृदयमा निरुद्ध गरेर योग धारणा अवलम्बन गरेर आफ्नो प्राणलाई मस्तकमा स्थापन गरेर ॐ यस एकाक्षर ब्रम्हमन्त्रको उच्चारण  गर्दै  गर्दै तथा मलाई स्मरण गर्दै गर्दै देह त्याग गर्दछ, ऊ परमगतिमा प्राप्त हुन्छ ।

विशिष्टार्थ – जब साधक मुमुक्षु भएर आत्मामा आत्मयोग गर्न जान्छ, तब उसले शरीरका नवद्वारहरू संयत गर्नु पर्छ । आसन बांधेर बस्दा दुबै गोडाका कुर्कुच्चाहरूद्वारा गुह्य र लिङ्गलाई निपीडित गर्नु पर्दछ, दुबै हातका बुढिऔंलाले दुबै कान, चोरऔंलाहरूले दुबै आँखा, अनमिकाहरूले दुबै ओठ, मध्यम ‌‌‌लाहरूले नाकका प्वालहरु राम्ररी बन्द गर्नु पर्छ यसो गरेमा मात्र सर्वद्वार संयम गर्नु हुन्छ ।

भुवन चौध छन् । जो सबै भन्दा माथि छ त्यही ब्रम्हभुवन वा ब्रम्हाको सत्यलोक हो । यो सत्यलोक सह्रासरमा अवस्थित छ, अतः प्राकृतिक अधिकार युक्त छ । यदि साधक मृत्युकालमा साधन बलले यस सत्यलोकमा पनि पुग्ला, किन्तु चैतन्यमा चित्त लय गर्न सकेन भने फेरि उसले देहधारण गर्नु पर्दछ ।

यस अवस्थामा मन प्राण हित हृदयमा अड्किन्छ, अनि आफ्नो उत्पत्तिस्थान बुद्धिलाई लक्ष्य गरेर भ्रूमध्यमा पुग्दछ, प्राण पनि चलच्छक्तिरहित हुन्छ। यसरी  सर्वद्वारलाई  संयम गरेर ”ॐ” यो एकाक्षरी ब्रम्ह अर्थात् प्रणवको अवलबन गर्नु पर्दछ । (प्रणव – प्र+णक्+व; प्र = प्रकृष्ट पूर्वक, णक् = आत्मा, व = शून्य अर्थात् प्रकृष्ट पूर्वक देहात्माभिमान जसद्वारा शून्य हुन्छ त्यसैको नाम प्रणव हो । ) तत्पश्चात् यो एकाक्षर ब्रम्हवाचक प्रणव मन्त्रलाई 'चैलाजिनकुशोत्तरं' आसनमा मूलाधारदेखि चित्तपथमा व्याहरन् गर्ने द्धन् । याहरन् (विशेषरूपले आहरण) अर्थात् उच्चारयन् । उत्= ऊध्र्वमा,, चार = चरण, गर्न, अयन = गति, अर्थात् ऊध्र्वगतिमा चलाउने छन्, माथितिर उठाउने छन् । यसैको नाम कुण्डलीनी जागरण हो ।  कसरी जागरण गर्ने ? मामनुस्मरन् = मेरो अणुको  स्मरण गर्दै गर्दै । त्यो कसरी गरिन्छ ? मूलाधारदेखि त्यस कुण्डलीनीलाई ब्रम्हनाडीको ठीक मध्यभागबाट यथोपदिष्ट क्रियामा विस्तारै विस्तिारै उठाएर – (कामपुर चक्रबाट समस्त कामना वा वासनालाई समेटेर, स्वाधिष्ठानमा पुगेर क्रोधलाई समेटेर, मणिपुरको माथि अष्टधा वलयाकार मशहापन्थको गर्भमा भएर लोभलाई समेटेर, अनाहत चक्रलाई भेदन गरेर, मोहलाई समेटेर, विशिुद्ध चक्रभेद गरेर मदलाई समेटेर, आज्ञाचक्र भेद गरेर मत्सरतालाई समेटेर) सहस्रारमा परम शिव माथि आहुति दिनु पर्छ । यस्तो आहुति दिंदाखेरी अ+उ+अ, यी तीन वर्ण मिल्नाले जुन शब्द हुन्छ, त्यो शब्दलाई व्यञ्जन विहीन गर्दै ठीक त्यस्तै प्रकारको एक (तैलधारावत् अविच्छिन्न) ध्वनि उत्पन्न हुन्छ । जब त्यस ध्वनिको उत्पत्ति हुन्छ, त्यसकै साथ साथै गन्ध ज्ञान, रस ज्ञान, रूपज्ञान, स्पर्शज्ञान, शब्दज्ञान मेटिएर एक अभूतपूर्व, अश्रुतपूर्व श्रुति आउने छ । त्यस श्रुतिको ठीक मध्यभागबाट एक अदृष्टपूर्व ज्योति देखिनेछ, त्यस ज्योतिभित्र भवसागरमा घुमिरहने मनले संकोचतालाई परित्याग गरेर विस्तृत विष्णुपदमा व्याप्यव्यापकताशून्य भएर विलय प्राप्त गर्ने छ । यस प्रकारको अवस्था लाभ गरेर देह छोडेर जाँदा परमागतिको प्राप्ति हुन्छ । यस उपदेशलाई जसले श्री श्री सद्गुरुचरणमा आप्mनो शिर राखेको छ उसैले जानेको छ ।

अनन्यचेताः सततं यो मां स्मरति नित्यशः ।
तस्याहं सुलभः पार्थ नित्ययुक्तस्य योगिनः ।। १४ ।।

अन्वय र अर्थ – पार्थ = हे पार्थ ! अनन्यचेताः (सन्) = अन्य कुनै पनि विषयको चिन्तन नगरेर, यः = जसले, नित्यशः = प्रतिदिन, सततं = निरन्तर, मां = म परमेश्वरलाई, स्मरति = संझन्छ, नित्ययुक्तस्य = नित्यसमाधिस्थ, तस्य = त्यस्ता,  योगिनः = योगीका लागि अहं = ”म”, सुलभः = सुलभ छु ।

भावार्थ – हे पार्थ ! अनन्य चित्त भएरप्रतिदिन निरन्तर जसले मलाई संझन्छ, त्यस्ता नित्ययुक्त योगिका लागि म सुलभ छु ।

विशिष्टार्थ – योग अभ्यासकालमा जो कदापि चैतन्यलाई छोडेर अलिकति पनि यताउति हुँदैन, उसैबाट 'म' को स्मरण हुन्छ । म जस्तो अनन्तं छु त्यो पनि त्यस्तै अनन्त हुन्छ । त्यही नै योगी हो, उसका लागि म सुलभ छु । यस्तो जुन नित्य 'म' त्यो यस 'म' मा युक्त भएर नित्ययुक्त हुन्छ । हे अर्जुन ! अब तिमीले बुझेर हेर तिम्रो क्रियाको पूर्वावस्था क्रियावस्था, क्रियाको परावस्था, अनि क्रियाको परावस्थाको परावस्था, सबै यस श्लोकमा भनिएका छन् ।

    मामुपेत्य पुनर्जन्म दुःखालयमशाब्वतम् ।
    नप्नुवन्ति महात्मानः संसिचि परमां गता ।। १५ ।।

अन्वय र अर्थ – महात्मानः = महात्माहरू, मां = ममा, उपेत्य = प्राप्त भएर, परमां = परम, संसिद्धिं = मोक्ष, गताः = प्राप्त गरेका छंदा, दुःखालयं = दुःखको घर, अशाश्वतं = अनित्य, जन्म = जन्ममा, पुनः = फेरि, न आप्नुवन्ति = प्राप्त हुँदैनन् ।

भावार्थ – महात्माहरू ममा प्राप्त भएर परमसिद्धि मोक्षलाई प्राप्त गरेपछि फेरि दुःखको घर स्वरूप अनित्य पुनर्जन्मलाई प्राप्त गर्दैनन् ।

विशिष्टार्थ – जुन साधकहरूले योगानुष्ठानद्वारा अन्तः करणलाई परमात्मामा मिलाउन सिकेका छन् ।  ती सबै साधक महात्मा हुन्, तिनीहरू नै 'परमासिद्धि' नैष्कम्र्यावस्थामा प्राप्त भएर मलाई प्राप्त गर्छन्, अर्थात् आत्मस्वरूप लाभ गर्दछन् । बास्तवमा उनीहरूले फेरि दुःखको आलय स्वरूप  अनित्य पुनर्जन्म लिनु पर्दैन, अर्थात् तिनीहरू तलतिर अरू उत्रदैनन्, विस्तार ब्रम्हमा पुगेर सर्वसिद्धिको आश्रय स्वरूप ब्रम्ह नै भइदिन्छन् ।

    आब्रम्हभुवनान् लोकाः पुनरावर्तिनोऽजुन ।
    मामुपेत्य तु कौन्तेय पुनर्जन्म नविद्यते ।। १६ ।।

अन्वय र अर्थ – अर्जुन = हे अर्जुन ! आब्रम्हभुवनात् = ब्रम्हलोक सहित समस्त, लोकाः = लोकहरू, पुनरावर्तिनः = जहाँ गएर फेरि संसारमा जन्म लिनु पर्ने स्वभावका छन्, तु = किन्तु, कोन्तेय = हे कुन्तीनन्दन ! मां = मलाई, उपेत्य = प्राप्त गरेर, पुनर्जन्म = पुनर्जन्म, नविद्यते = हुँदैन ।

भावार्थ – हे अर्जुन ! ब्रम्हलोकसम्म पुगेर, पनि मनुष्यहरू फेरि मत्र्यलोकमा जन्म लिन आउंछन्, परन्तु हे कौन्तेय ! ममा प्राप्त भएपछि फेरि पुनर्जन्म लिनु पर्दैन ।

विशिष्टार्थ – अपरिपक्व अथवा उन्नतिशील साधक जब समाधि साम्यको सुखभोग गरेर पुनः संसार अवस्थामा उत्रेर समाधि स्थिति अवस्थाको आलोचना गर्दछन्, तब साधक क्रियाको परावस्था र संसार अवस्थाको फल प्रत्यक्ष गरेर यसरी ज्ञान लाभ गर्दछन्  । सूर्यकोष भित्र जे छ त्यसैलाई भुवन भन्दछन् । स्थूल शरीराभिमानीलाई ब्रम्हा भन्दछन् । ती ब्रम्हादेखि लिएर स्वेदज, अण्डज, उद्भिज्ज, जरायुज, जे जति जीव छन् ती सबै भुवनवासी हुन् । यी सबै नै बारम्बार जन्म मृत्युको अधीनमा रहेर घुमिरहन्छन् । किन कि पूर्व कथित यथार्थ  'म' मा यी सबैको परिज्ञान छैन । परन्तु सोही  'म' को परिज्ञान हुनाले नै, हे शरीराभिमानीबद्ध साधक ! फेरि तिम्रो पुनर्जन्म हुँदैन ।

भुवन चौध छन् । जो सबै भन्दा माथि छ त्यही ब्रम्हभुवन वा ब्रम्हाको सत्यलोक हो । यो सत्यलोक सह्रासरमा अवस्थित छ, अतः प्राकृतिक अधिकार युक्त छ । यदि साधक मृत्युकालमा साधन बलले यस सत्यलोकमा पनि पुग्ला, किन्तु चैतन्यमा चित्त लय गर्न सकेन भने फेरि उसले देहधारण गर्नु पर्दछ । किन भने जबसम्म चित्त प्रकृतिलाई छोडेर पुरुषमा मिल्दैन तबसम्म प्रकृतिको वशमा परेर जन्म-मृत्यु भइनै रहने छ । सबैभन्दा माथिको क्षेत्र ब्रम्हभुवनमा गएर पनि मुक्ति हुँदैन । परन्तु यदि चित्तले त्यसवेला (मृत्यु समय) मा चैतन्यलाई धारण गर्न सक्यो भने जुनसुकै स्थानमा रहेर पनि शरीर त्याग गर्दा उसले फेरि जन्म लिनु पर्दैन ।

    सहस्रयुगपर्यन्तमहर्यद् ब्रम्हणो विदु  ।
    रात्रिं युगसहस्रान्तां ते ऽहोरात्रविदो जनाः ।। १७ ।।

क्रमशः

अक्षर ब्रम्ह अर्थात पानीका तीन अवस्था तरल, ठोस र वाष्प

ब्रम्हतत्व के हो ? अध्यात्म के हो ? कर्म के हो ? अधिभूत केलाई भन्दछन् ? अधिदैव पनि कसलाई भन्दछन् ?

भूतशुद्धिकाे योजना के हाे ? यस जीव उपाधिलाई कसरी परित्याग गर्ने ?

साधक मुमुक्षु भएर आत्मयोग गर्दा शरीरका नवद्वारहरू बन्दको सन्दर्भ

वेदको अर्थ हो ज्ञान : वेदविद् कसलाई भन्ने ?