तेत्तीस किलो सुन काण्डका आरोपी हरिशरण खड्का  प्रहरी खाेरमा

तेत्तीस किलो सुन काण्डका आरोपी हरिशरण खड्का  प्रहरी खाेरमा

लोकसंवाद संवाददाता  |  अपराध  |  असार २८, २०७७

काठमाडाैँ । तेत्तीस किलो सुनकाण्डका फरार प्रतिवादीलाई २०७७ असार २७ गते शनिबार प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा फरार प्रतिवादी हरिशरण खड्का रहेको केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक नीरजबहादुर शाहीले जानकारी दिनुभयो ।

उहाँका अनुसार उनी इन्टरपोलमा ‘रेडकर्नर नोटिस’ जारी भएका प्रतिवादी हुन् । अध्यागमनका कर्मचारीले उनको पहिचान गरेपछि प्रहरीलाई खबर गरेका थिए ।

त्यसपछि उनी पक्राउ परेको शाहीले जानकारी दिनुभयो । उहाँका अनुसार सो सुनकाण्डमा ७७ जनाविरुद्ध मुद्दा चलाइएको छ । उनी पछिल्लो समयमा युएई बस्दै आएका थिए ।