रुद्रवेणी–वामीटक्सार सडक अवरुद्ध, दर्जनाै‌ं सवारी साधन र यात्रु अलपत्र

रुद्रवेणी–वामीटक्सार सडक अवरुद्ध, दर्जनाै‌ं सवारी साधन र यात्रु अलपत्र

लोकसंवाद संवाददाता  |  समाज  |  असार २८, २०७७

गुल्मी । वर्षाका कारण पहिरो गएपछि  रुद्रवेणी–वामीटक्सार सडक अवरुद्ध बनेको छ । सत्यवती गाउँपालिका –६ डहरे खोलामा ट्रक भासिएपछि गए रातिदेखि सडक अवरुद्ध बनेको हो । 

सडक अवरुद्धपछि एम्बुलेन्ससहित दर्जनाै‌ं सवारी साधन र यात्रु बीच बाटामा अलपत्र परेका छन् ।  सडक पुनःसञ्चालन गर्न डोजर परिचालन गर्ने तयारी भइहेको सत्यवती गाउँपालिका अध्यक्ष पारिश्वर ढकालले बताउनुभयो ।

अविरल वर्षाका कारण पहिरो जाँदा गुल्मीको तम्घास – इन्द्रेगाँडा र तम्घास – मुसिकोट सडक पनि अवरुद्ध भएका छन् ।  मुसिकोट नगरपालिका –३ को धरमपानी र ४ को ताहु खोलामा सडकमााथिबाट ठूलो पहिरो खसेपछि  शनिबार बेलुकीदेखि सडक अवरुद्ध बनेको हो ।