अवैध युरिया मल बरामद

अवैध युरिया मल बरामद

लोकसंवाद संवाददाता  |  समाज  |  असार २८, २०७७

लहान । सिरहामा रसायनिक मलको अभाव रहेका बेलामा भारतबाट अवैध रुपमा ल्याएर लुकाई–छिपाई राखेको ३८ बोरा युरिया मल प्रहरीले बरामद गरेको छ । 

भारतीय सीमासँग जोडिएको सिरहाको बरियारपट्टी गाउँपालिका–३ स्थित जीवछ साहको घरमा गोदाम बनाएर विक्री वितरणका लागि राखेको सूचनाका आधारमा प्रहरी टोलीले आज बिहान सो परिमाणको मल बरामद गरेको हो ।

बरियारपट्टी बजारस्थित साहको गोदामबाट मल बरामद भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक विनोद घिमिरेले जानकारी दिनुभयो ।  मल बरियारपट्टी भन्सार कार्यालयलाई बुझाइएको र गोदाम सञ्चालकमाथि राजश्व छली तथा कलाबजारी ऐनअनुसार करवाही गरिने उहाँले जानकारी दिनुभयो ।

यस्तै प्रहरीले भारतबाट अवैध रुपमा ल्याउँदै गरेको अवस्थामा १५३ पोका गुट्खा सहित सिरहा नगरपालिका–२० निवासी २० वर्षीय शिवकुमार यादवलाई पक्राउ गरेको छ ।