तोलामा सय रुपैयाँ घट्यो सुन

तोलामा सय रुपैयाँ घट्यो सुन

लोकसंवाद संवाददाता  |  कारोबार  |  असार २८, २०७७

काठमाडौं ।  नेपाली बजारमा सुनको मूल्य आज सय रुपैयाँ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९२ हजार एक सय रुपैयाँ कायम भएको छ। गत शनिबार यसको मूल्य ९२ हजार दुई सय रुपैयाँ तोकिएको थियो ।

यस्तै, तेजाबी सुनको मूल्य तोलामा सय रुपैयाँ घटेर ९१ हजार ६६० रुपैयाँ पुगेको छ ।

चाँदीको मूल्य भने प्रतितोला ९८० रुपैयाँमा यथावत रहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।