विश्वभरी सवा करोड मानिस सङ्क्रमित

विश्वभरी सवा करोड मानिस सङ्क्रमित

लोकसंवाद संवाददाता  |  स्वास्थ्य  |  असार २८, २०७७

एजेन्सी । कोरोनाभाइरसबाट विश्वभरी सङ्क्रमित भएकाहरुको संख्या एक करोड २६ लाखभन्दा बढी पुगेको छ । 

जोन्स हकिन्स विश्वविद्यालयले दिएको जानकारी अनुसार विश्वभरी एक करोड २६ लाख ७१ हजार ५९२ जना सङ्क्रमित भएका छन् ।

त्यसैगरी सवैभन्दा धेरै अमेरिकामा ३२ लाख ४२ हजार, दोस्रो धेरै ब्राजिलमा १८ लाख ३९ हजार र तेस्रो धेरै सङ्क्रमित रहेको भारतमा कूल आठ लाख २० हजार जना सङ्क्रमित भएका छन् । 

त्यसैगरी रुसमा सात लाख १९ हजार, पेरुमा तीन लाख २२ हजार, चिलिमा तीन लाख १२ हजार, बेलायतमा दुई लाख ९० हजार, मेक्सिकोमा दुई लाख ८९ हजार, दक्षिण अफ्रिकामा दुई लाख ६४ हजार जना र चीनमा ८५ हजार ५१८ जनाभन्दा बढी सङ्क्रमित भएको विश्वविद्यालयले जनाएको छ ।