भियतनाममा भेटिएनन् सङ्क्रमित

भियतनाममा भेटिएनन् सङ्क्रमित

लोकसंवाद संवाददाता  |  विदेश  |  असार २८, २०७७

एजेन्सी । कोरानाभाइरसबाट प्रभावित हुदै आएको भियतनाममा पछिल्लो समय कोरोनाभाइरसबाट सङ्क्रमित भएकाहरु थपिएका छैनन् ।

स्थानीय समय अनुसार शनिबार मध्यान्हसम्म कुनै नयाँ सङ्क्रमित नभेटिएको सरकारी अधिकारीहरुले जनाएका छन् । 

भियतनाममा अहिलेसम्म कोरोनाभाइरसबाट सङ्क्रमितको संख्या ३७० मात्रै रहेको समाचारमा जनाइएको छ । सङ्क्रमितमध्ये २३० जनालाई क्वारेन्टाइनमा राखिएको थियो । अधिकारीहरुका अनुसार सङ्क्रमित भएका मध्ये ३५० जना अर्थात् ९४।६ प्रतिशत सङ्क्रमितहरु सङ्क्रमणमुक्त भइसकेका छन् । 

भियतनाममा कोरोनाभाइरसका कारण अहिलेसम्म कसैको पनि मृत्यु भएको पुष्टि नभएको जनाइएको छ ।