शीर्ष नेतृत्वको दाउपेचले नेकपा एकीकरण लम्बियो

शीर्ष नेतृत्वको दाउपेचले नेकपा एकीकरण लम्बियो

लोकसंवाद संवाददाता  |  समाचार  |  चैत्र ४, २०७५

काठमाडौं । अध्यक्ष र सचिवहरूको सूची टुंग्याएर जिल्ला एकीकरणलाई पूर्णता दिने तयारी अन्ततः नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का शीर्ष नेताहरूको दाउपेचले रोकिएको छ । अघिल्लो शनिबारभित्रै जिल्ला कमिटीको सूची सार्वजनिक गर्ने समझदारीसहित छलफल चले पनि नेताहरूको दाउपेचले रोकिएको हो । 

अध्यक्ष केपी ओली अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको समेत सहमतिमा सचिवालय बैठकबाट सूची अनुमोदन गर्ने योजनामा थिए । तर, वरिष्ठ नेता माधवकुमार नेपालको सहमतिविना सूची विवादमा पर्ने भन्दै ओलीको प्रस्तावलाई अस्वीकार गर्दै आएका प्रचण्ड पत्नी सीताको उपचारको सिलसिलामा आइतबार अमेरिका प्रस्थान गरेका छन् । कम्तीमा १० दिनपछि मात्र प्रचण्ड स्वदेश फर्किने भएकाले पहिलो चरणमा जिल्ला एकीकरण टुंग्याउने नेकपाको योजना धकेलिँदै गएको छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।