सुन तोलामा २०० बढ्यो

सुन तोलामा २०० बढ्यो

लोकसंवाद संवाददाता  |  कारोबार  |  असार २९, २०७७

काठमाडौं । सुनको मूल्य आज (असार २९ गते सोमबार) दुई सय रुपैयाँले बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार ३०० रुपैयाँ तोकिएको छ। हिजो (आइतबार) यसको मूल्य प्रतितोला ९२ हजार १०० रुपैयाँ कायम थियो।

यस्तै, तेजाबी सुनको मूल्य तोलाको २०५ रुपैयाँ बढेर ९१ हजार ८६५ रुपैयाँ कायम भएको छ। चाँदीको मूल्य प्रतितोला १० रुपैयाँ बढेर ९९० रुपैयाँ निर्धारण गरिएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।