नियन्त्रित लागूऔषध सहित पक्राउ

नियन्त्रित लागूऔषध सहित पक्राउ

लोकसंवाद संवाददाता  |  अपराध  |  असार २९, २०७७

धनुषा, जनकपुर उपमहानगरपालिका-१६ कपिलेश्वर मन्दिर अगाडि पुलचोक जाने बाटोबाट नियन्त्रित लागूऔषध नाईट्रोभेट ट्यावलेट १ सय ५५ पिस सहित २ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा महोत्तरी, महोत्तरी गाउँपालिका-५ बस्ने २६ वर्षीय सोगिन्द्र महतो र आषिष मंडल रहेका छन् । प्रहरी चौकी कपिलेश्वरबाट कटिएको प्रहरीले उनीहरुलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । 

सिरहा, बरियारपट्टी गाउँपालिका-३ बरियारपट्टिबाट नियन्त्रित लागूऔषध अल्प्राजोल्याम ट्याबलेट १ हजार ८ सय पिस र पेन्टाजोसाईन २ सय ८६ एम्पुल सहित बरियारपट्टी गाउँपालिका-२ श्रीपुर बस्ने २० वर्षीय चन्दन कुमार यादवलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय बरियारपट्टी सिरहाबाट खटिएको प्रहरीले उनलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । 

यसैगरी सिरहा, लाहान नगरपालिका-१ स्थित सडकबाट नियन्त्रित लागूऔषध डाइजेल्याब ४६ एम्पुल, फेनारागन ४७ एम्पुल र नोर्फिन ४६ एम्पुल सहित नवराजपुर गाउँपालिका-४ बस्ने २० वर्षीय रामपुकार शर्मालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरीले अनटेष्ट लेखिएको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकल चालक शर्मालाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । 

यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।