जुवातास खेलिरहेको अवस्थामा ५ जना पक्राउ

जुवातास खेलिरहेको अवस्थामा ५ जना पक्राउ

लोकसंवाद संवाददाता  |  अपराध  |  असार २९, २०७७

काठमाडौं । काठमाडौं महानगरपालिका-४ धुम्बाराही बस्ने बिष्णु राना मगरको घरमा जुवातास खेलिरहेको अवस्थामा ५ जनालाई नगद  ५० हजार ९ सय ७५ रुपैयाँ र ३ बुक तास सहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उक्त घरमा जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त महाराजगंजबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त नगद तथा तास सहित पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।