अवैध रुपमा भंसार छलि ल्याउँदै गरेको भैसी र राँगा नियन्त्रणमा

अवैध रुपमा भंसार छलि ल्याउँदै गरेको भैसी र राँगा नियन्त्रणमा

लोकसंवाद संवाददाता  |  अपराध  |  असार २९, २०७७

पर्सा । पोखरिया नगरपालिका-५ स्थितबाट अवैध रुपमा भंसार छली नेपालतर्फ ल्याउदै गरेका ४ लाख ४० हजार रुपैयाँ बराबरको भैसी तथा राँगा शनिबार प्रहरीले नियन्त्रणमा लिएको छ । 

विशेष सूचनाको आधारमा २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुर तथा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले उक्त भैसी तथा रांगा नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि वीरगंज भंसार कार्यालय बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।