सवारी दुर्घटनामा परी २ जनाको मृत्यु

सवारी दुर्घटनामा परी २ जनाको मृत्यु

लोकसंवाद संवाददाता  |  समाज  |  असार २९, २०७७

काठमाडौं । बाँके, नेपालगंज उपमहानगरपालिका-१ नन्दनी मिलस्थित सडकमा भे.१ ख ३००३ नम्बरको टिपरको ठक्करबाट साइकलयात्री सोही उपमहानगरपालिका-११ भट्टी टोल बस्ने ६० वर्षीय बुद्ध सागर लखेरको आइतबार राति मृत्यु भएको छ । टिपरको ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारको लागि अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । टिपर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

कैलाली, चुरे गाउँपालिका-३ धप्रेनीस्थित सडकमा से.१ ख १७३१ नम्बरकको मिनी ट्रक आफै अनियन्त्रित भई सोमबार बिहान दुर्घटना हुँदा ट्रकमा सवार बझाङ बुङगल नगरपालिका-२ बस्ने ५५ वर्षीय राम बहादुर बोहराको मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका उनको सेती प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।  ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको   छ । 

दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।