मृत अवस्थामा फेला

मृत अवस्थामा फेला

लोकसंवाद संवाददाता  |  समाज  |  असार २९, २०७७

काठमाडौं । सप्तरी, तिलाठी कोईलाडी गाउँपालिका-१ बेल्ही राजविराज सडकमा हाल नाम, थर, वतन, लिङ नखुलेका अन्दाजी ३५ वर्षीय व्यक्ति आइतबार राति मृत अवस्थामा फेला परेका छन् ।


मोरङ, रंगेली नगरपालिका-८ स्थित निचामारी चिसाङ खोलाको बगरमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४५ वर्षीय पुरुष आइतबार राति मृत अवस्थामा फेला परेका छन् । 

रौतहट, देवाही गोनाही नगरपालिका-२ मुसहरी टोल बस्ने २१ वर्षीय शंकर माझीले परोहा नगरपालिका-१ जिगडवास्थित आँपको बगौचामा आइतबार दिउँसो मृत अवस्थामा फेला परेका छन् । माझी उक्त बगौचामा आँप कुर्न बसेको बुझिएको छ । 

पाल्पा, निस्दी गाउँपालिका-२ सिलमिङ गैराको जंगलमा आनन्दी भन्ज्याङ बस्ने ८२ वर्षीय खडे कानु आइतबार दिउँसो मृत अवस्थामा फेला परेका छन् । 

दाङ, मल्लरानी गाउँपालिका-५ बेलडाडा बस्ने २७ वर्षीय दिपक थापा गढवा गाउँपालिका-२ महदेवास्थित राप्ती नदीको महदेवाको पक्कीपुल मुनि आइतबार दिउँसो मृत अवस्थामा फेला परेका छन् । मल्लरानी गाउँपालिका-५ बेलडाडास्थित झीम्रुक खोला तर्ने क्रममा शनिबार उक्त खोलाले बगाई बेपत्ता भई खोजी गर्ने क्रममा उनको शव फेला परेको हो । 

यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।