सेफ्टि ट्याङकी, खोला तथा नदीमा डुबेर मृत्यु

सेफ्टि ट्याङकी, खोला तथा नदीमा डुबेर मृत्यु

लोकसंवाद संवाददाता  |  समाज  |  असार २९, २०७७

काठमाडौं । झापा, भद्रपुर नगरपालिका-२ सोमबारे बस्ने हरी प्रसाद भट्टराईको ७ वर्षीय छोरा ईसान भट्टराईको सेफ्टि टयाङकीमा डुबेर आइतबार दिउँसो मृत्यु भएको छ । छिमेकी घरमा बनाउँदै गरेको सेफ्टि टयाङकीमा डुबीरहेको अवस्थामा फेला पारी उपचारको लागि ओम साई पाथिभरा अस्पताल भद्रपुर लगिएकोमा उपचारको क्रममा उनको मृत्यु भएको हो । 

उदयपुर, त्रियुगा नगरपालिका-५ देउरीस्थित त्रियुगा खोलामा डुबेर सोही नगरपालिका-९ गैरुन बस्ने ६० वर्षीय मानन चौधरीको मृत्यु भएको छ । उक्त खोलाले बगाई ल्याएको अवस्थामा उनको शव फेला परेको हो । 

बैतडी, डिलासैनी गाउँपालिका-६ चौसेरा बस्ने नरेन्द्र नाथको ९ वर्षीय छोरा रुपेश नाथको सोही ठाउँस्थित चमेलिया नदीमा डुबेर आइतबार दिउँसो मृत्यु भएको छ । बाख्रा चराउन गएका उनको चमेलिया नदीले बगाई बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी गोकुलेश्वरबाट खटिएको प्रहरीले खोजी गरिरहेकोमा भारतको झुलाघाटमा उनको शव फेला परेको हो । 

यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।