करेन्ट लागेर मृत्यु

करेन्ट लागेर मृत्यु

लोकसंवाद संवाददाता  |  समाज  |  असार २९, २०७७

काठमाडौं । महोत्तरी, औरही नगरपालिका-४ कबिलासा बस्ने ५० वर्षीय जिबछ साहको करेन्ट लागेर आइतबार दिउँसो मृत्यु भएको छ । आफ्नै घरमा अचानक करेन्ट लागेर गम्भीर घाइते भएका उनको प्राथमिक स्वास्थ्य केन्द्र गौशालामा उपचारको क्रममा मृत्यु भएको हो । 

अर्घाखाँची, शितगंगा नगरपालिका-९ थारगट बस्ने छबिलाल पुनको १२ वर्षीय छोरा मिन बहादुर पुनको करेन्ट लागेर आइतबार राति मृत्यु भएको छ । घर नजिकै रहेको रङसिङ खोलामा विजुलीको मेन तारमा तार अड्काई माछा मार्ने क्रममा करेन्ट लागेर उनको मृत्यु भएको हो । 

यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।