रुखले च्यापिएर मृत्यु

रुखले च्यापिएर मृत्यु

लोकसंवाद संवाददाता  |  समाज  |  असार २९, २०७७

मकवानपुर । मनहरी गाउँपालिका-६ बगलटोल बस्ने ६० वर्षीय तुल बहादुर तामाङको रुखले च्यापिएर आइतबार बिहान मृत्यु भएको छ ।  घर नजिकै जंगलमा घाँस काट्न गएको अवस्थामा सालको रुख ढली सोही रुखले च्यापिएर उनको मृत्यु भएको हो । 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।