आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

लोकसंवाद संवाददाता  |  समाज  |  असार २९, २०७७

झापा । कन्काई नगरपालिका-६ बस्ने सुक्र बहादुर तामाङको घरको भान्सा कोठामा राखेको सिलिण्डरबाट ग्याँस लिक भई आइतबार साँझ आगलागी हुँदा भान्सा कोठा र कोठामा रहेको फ्रिज, मकै, ग्याँस चुला, किचन र्‍याक, प्लाष्टिकको कुर्सि टेवल लगायतका सरसामान जलेर करिब २ लाख ४० हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ । 

स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।