बयान दिँदादिँदै भारततिर फरार

बयान दिँदादिँदै भारततिर फरार

लोकसंवाद संवाददाता  |  समाचार  |  चैत्र ४, २०७५

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धान दायरामा रहेका नेपाल इन्जिनियरिङ कलेजका पूर्वअध्यक्ष लम्बोदर न्यौपाने फरार भएका छन् । उनी स्थलमार्गबाट पोखरा–भैरहवा हुँदै भारत गएका हुन् । 

‘उनले दुई पटक बयान दिइसकेका थिए भने लगत्तै अर्को दिइसकेका थिए भने लगत्तै अर्को बयानका लागि डाक्ने योजना थियो’ अख्तियार उच्च स्रोतले कान्तिपुरसँग भन्यो, ‘एकाएक उनको फोन अफ भयो, घरमा थिएनन् । अनुसन्धान गर्दा गाडीबाट भारततिर हिँडेको पुष्टि भइसकेको छ ।’

स्रोतका अनुसार न्यौपाने घरमा नभएपछि उनका सहयोगी जुजुभाइ महर्जन र रोहित घिमिरेलाई प्रहरीले अख्तियारमा झिकाएर सोधपुछ गरेको थियो । उनीहरूले न्यौपाने भारत गएको बताएका हुन् । फोनसम्पर्कको अनुसन्धान गर्दा घिमिरे र महर्जनलाई भारतीय नम्बरबाट सम्पर्क भएको भेटिएको अख्तियारस्रोतले बतायो । कान्तिपुरको सम्पर्कमा रहेका न्यौपानेका एक नातेदारका अनुसार बयानका क्रममा हुन सक्ने पोलिग्राफ परीक्षणका विषयमा उनी चिन्तित थिए । ‘छानबिनका क्रममा थुनामा पर्ने डरले भागेका हुन सक्छन्,’ स्रोतले भन्यो ।

न्यौपानेमाथि नेपाल इन्जिनियरिङ कलेजको अनियमितता ढाकछोप गर्न ७८ लाख रुपैयाँ घूसबुझाएको आरोप छ । उनले ऊक्त रकम ४० लाख र ३८ लाख गरी दुई किस्तामा अख्तियारका आयुत्त राजनारायण पाठकलाई पठाइदिएका थिए । घूस प्रकरणको भिडियो टेप बाहिरिएपछि अख्तियारले ३ सदस्यीय टोली गठन गरी अनुसन्धान गरिरहेको छ । आजको कान्तिपुर दैनिकमा खबर छ ।