बोलिभियाका अर्थमन्त्रीलाई कोरोना संक्रमण

बोलिभियाका अर्थमन्त्रीलाई कोरोना संक्रमण

लोकसंवाद संवाददाता  |  विदेश  |  असार २९, २०७७

एजेन्सी । बोलिभियाका अर्थमन्त्री ओस्कार ओर्टिजलाई कोरोना भाइरस संक्रमण भएको छ । कोरोनाभाइरसबाट संक्रमित उहाँ बोलिभियाका चौथो मन्त्री हुनुहुन्छ । 

बोलिभियामा यसअघि स्वास्थ र खनिज मन्त्रीहरु कोरोना संक्रमित हुनु भएको थियो । साथै बोलिभियाका अन्तरिम राष्ट्रपति पनि कोरोनाभाइरस संक्रमण पुष्टि भएपछि क्वारेन्टिनमा हुनुहुन्छ ।

अर्थमन्त्री ओर्टिजका चिकित्सकहरुले उहाँलाई अस्पतालमा भर्ना गरेका र त्यहाँ उपचार जारी रहेको छ । 

बोलिभियामा हालसम्म ४७ हजारभन्दा बढी व्यक्ति कोरोना संक्रमित भएका र एक हजार ७५४ जनाको मृत्यु भएको छ ।