भाडा छुट दिने घरबेटी सम्मानित

भाडा छुट दिने घरबेटी सम्मानित

लोकसंवाद संवाददाता  |  समाज  |  असार २९, २०७७

ललितपुर । लपुमनपा वडा नं २७ सुनाकोठी सिभिल होम मार्गका एक घरबेटीले कोरोनाका कारण भएको बन्दाबन्दी अवधिको दुइ महिनाको भाडा छुट दिएका छन् । 

घरबेटी गमन सिं राई तथा बिजया राईलाइ उक्त अवसरमा भाडावालहरुले एक समारोहकाबीच खादा ओढाएर सम्मान पनि गरेका छन् । 

कोरोना भाइरसका कारण व्यापार व्यवसाय ठप्प भएको र जीवन जिउन नै गार्‍हाे परेका कारण आफूहरुले दुइ महिनाको भाडा छुट दिएको उनीहरुले बताएका छन् । 

कोरोना भाइरसको महामारीले निम्त्याएको बन्दाबन्दीका कारण  व्यापार व्यवसाय ठप्प प्राय भएको यो कठिन परिस्थितिमा आफ्नो घरमा भाडामा बस्ने र व्यवसाय गर्नेहरुमा पर्न गएको अप्ठ्यारोलाई महसुस गरि दुई महिनाको भाडा छुट दिएकामा भाडावालहरुले राई दम्पतीलाई विशेष धन्यवाद समेत दिएका छन् । ।