सीमामा काँडेतार, थुनियो अन्तर्राष्ट्रिय जैविक मार्ग

सीमामा काँडेतार, थुनियो अन्तर्राष्ट्रिय जैविक मार्ग

लोकसंवाद संवाददाता  |  समाचार  |  चैत्र ४, २०७५

कञ्चनपुर । एक महिनाअघि भारतीय सीमा–नाकामा ट्रेन्च खनेर अवरोध पारिएको अन्तर्राष्ट्रिय जैविक मार्गमा भारतले पुनः एकलौटी रूपमा काँडेतार लगाएको छ। सीमा क्षेत्रमा रहेको भारततर्फको दुधुवा नेसनल पार्कबाट वन्यजन्तु ओहोरदोहोर गर्न थालेको, चोरी सिकारी र जंगलबाट तस्करी बढेको भन्दै भारतीय पक्षले ट्रेन्च खनेको एक महिनापछि काँडेतार लगाएको हो।

दुधुवा नेसनल पार्कबाट नेपालको लालझाडी आउने वन्यजन्तुको अन्तर्राष्ट्रिय जैविक मार्गमै भारतीय पक्षले एकलौटी अन्तर्राष्ट्रिय जैविक मार्गका रूपमा हेरिएको दुधुवा नेसनल पार्क र नेपालको लालझाडी जोड्ने एक मात्रै वन क्षेत्रलाई भारतले एकलौटी रूपमा काँडेतार लगाउनु अन्तर्राष्ट्रिय जैविक मार्गको सन्धि–सम्झौताविपरीत भएको वनविज्ञ तथा पूर्व डिएफओ रमेश चन्दले भने, ‘डोकेबजारमा भारतले काँडे तार लगाउँदा अन्तर्राष्ट्रिय जैविक मार्ग भएर भारत–नेपाल ओहरदोहोर गर्ने वन्यजन्तु र मानवबीच द्वन्द्व बढ्ने निश्चित भयो।’ अन्तर्राष्ट्रिय जैविक मार्ग भएर भारतको दुधुवा नेसनलपार्क जाने वन्यजन्तु काँडेतारले छेकिँदा मानव र वन्यजन्तुबीच द्वन्द्व बढ्ने उनले बताए। त्यो ठाउँमा कुनै पनि हालतमा तारबार लगाउनै नपाइने उनी बताउँछन्। ‘यो अन्तर्राष्ट्रिय जैविक मार्गमा गरिएको हस्ताक्षर विपरीत कार्य हो,’ उनले भने, ‘यसले वन्यजन्तुको बाटो पूर्णरूपमा छेकियो।’

भारतको दुधुवा नेसनल पार्कसँग जोडिएको लालझाडी–मोहना जैविक मार्गमै पर्ने दसगजा क्षेत्रमा भारतले एकतर्फी रूपमा ट्रेन्च खनेर काँडेतार लगाउनु आफैंमा अन्तर्राष्ट्रिय जैविक मार्गको महासन्धिविपरीत भएको लालझाडी–मोहना संरक्षित वन परिषद्का अध्यक्ष राजबहादुर ऐरले बताए। उनले भने, ‘हाम्रो यहाँको लालझाडी वनबाटै भारतको दुधुवा नेसनलपार्क हुँदै आवतजावत गर्ने वन्यजन्तुको आवागमनलाई काँडेतारले पूर्णरूपमा रोक लगाएको छ।’ योसँगै सीमाक्षेत्रमै वन्यजन्तुलाई आवतजावतमा अवरोध पार्नेगरी भारतले एक महिनाअघि खनेको ट्रेन्चले बाघ, हात्तीजस्ता ठूला जनावरको बाटो नै ‘ब्लक’ गरिएको उनले बताए। आफूहरूले पटक–पटक भारतीय पक्षको विरोध गरे पनि सम्बन्धित पक्षले कुनै ध्यान नदिएको उनले बताए। ‘एक महिनाअघि भारतले एकलौटी रूपमा ट्रेन्च खनेपछि हामीले विरोध ग¥यौं, तर कुनै वास्तै भएन,’ उनले भने, ‘अहिले आएर पुनः त्यही ठाउँमा दस फिटभन्दा अग्ला खम्बा गाडेर भारतले काँडेतार लगाएको छ।’ यो कार्य अन्तर्राष्ट्रिय जैविक मार्गको महासन्धिको बर्खिलाप भएको उनले बताए। आजको नागरिक दैनिकमा खबर छ ।