सुन तोलामा १०० घट्यो

सुन तोलामा १०० घट्यो

लोकसंवाद संवाददाता  |  कारोबार  |  असार ३०, २०७७

काठमाडाैं । नेपाली बजारमा आज छापावाला सुनको मूल्य प्रतितोला रु १०० ले घटेको छ । त्यस्तै तेजाबी सुनको मूल्य पनि प्रतितोला रु १०५ ले घटेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासङ्घले आजका लागि छापावाला सुनको मूल्य प्रतितोला रु ९२ हजार २०० र तेजाबी सुनको मूल्य प्रतितोला रु ९१ हजार ७६० तोकेको छ । यस्तै चाँदीको मूल्य प्रतितोला रु ९९५ निर्धारण गरिएको महासङ्घले जनाएको छ ।