अवैध रुपमा सेती नदी उत्खनन गरेको अभियोगमा पक्राउ

अवैध रुपमा सेती नदी उत्खनन गरेको अभियोगमा पक्राउ

लोकसंवाद संवाददाता  |  अपराध  |  असार ३०, २०७७

कास्की । पोखरा महानगरपालिका-१९ दशखेत सेती नदीस्थित अवैधरुपमा उत्खनन गरेको अभियोगमा ग.१ क ३८३२ नम्बरको जेसीबी सहित जेसीबी चालक दिपक भुषाललाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । साथै सोही स्थानमा रहेको ५ वटा ट्याक्टरलाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ । 

उक्त स्थानमा अवैध रुपमा नदी उत्खनन भईरहेको भन्ने खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरीले चालक भुषाललाई पक्राउ गरेको हो ।   

आवश्यक कारवाहीको लागि महानगरपालिकाको कार्यालय पठाइएको वडा प्रहरी कार्यालय बगरले जनाएको छ ।