जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

लोकसंवाद संवाददाता  |  अपराध  |  असार ३०, २०७७

रौतहट । १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा गुजरा नगरपालिका-५ लक्ष्मीपुर बस्ने २२ वर्षीय तुफानी शेख मोहम्दलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । 

ती बालिका शनिबार साँझ खेतमा गएको अवस्थामा जबरजस्ती करणी गरेको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय लक्ष्मीनियाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।