लकडाउन अवधिको  घरभाडा छुट गर्ने ६० घरधनी सम्मानित, घरबहाल कर २ प्रतिशत छुट

लकडाउन अवधिको  घरभाडा छुट गर्ने ६० घरधनी सम्मानित, घरबहाल कर २ प्रतिशत छुट

लोकसंवाद संवाददाता  |  समाचार  |  असार ३०, २०७७

रुपन्देही ।   लकडाउन अवधिको  घरभाडा मिनाहा तथा छुट गर्ने घरधनीलाई २०७७ असार ३० गते मंगलबार  बुटवलमा बिशेष सम्मान  कार्यक्रमकाे आयाेजना  गरिएको छ ।  

कोरोना भाइरस सङ्क्रमणको सन्त्रासका कारण गरिएको लकडाउन  समयमा घरभाडा मिनाहा तथा छुट दिने ६०  मनकारी घरधनीलाई सम्मान गरिएको हो । 

लकडाउन अवधिभर व्यापार व्यवसाय ठप्प भएकाले भाडामा रहेका व्यवसायीलाई थोरै भए पनि राहत पुगोस् भन्ने उद्देश्यले १० प्रतिशतदेखि शतप्रतिशतसम्म घरबहाल मिनाहा तथा छुट गरेका घरधनीलाई सम्मान गरिएको नेपाल घरबहाल सरोकार सङ्घ रुपन्देहीका अध्यक्ष खगेन्द्र पौडेलले बताउनुभयो । 

घरधनीलाई सम्मानपत्र प्रदान गर्दै बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले बुटवलमा घरबहाल कर १२ प्रतिशतबाट घटाएर १० प्रतिशतमा झारिएको जानकारी दिनुभयो ।