कोरोना निको हुने १० हजार २९४ पुगे

कोरोना निको हुने १० हजार २९४ पुगे

लोकसंवाद संवाददाता  |  स्वास्थ्य  |  असार ३१, २०७७

काठमाडौँ । नेपालमा कोरोनाबाट निको हुनेको संख्या १० हजार २९४ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलेको कोरोना बारेको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले जानकारी दिएका छन् ।

पछिल्लो २४ घण्टामा १ हजार ७०५ जना संक्रमित निको भएर घर फर्किएसँगै निको हुनेको संख्या १० हजार नाघेको हो ।  

योसँगै अहिलेसम्म नेपालमा कुल निको हुनेको प्रतिशत ६०।७५ पुगेको छ ।

त्यस्तै नेपालमा अहिले संक्रिय कोरोना संक्रमित ६ हजार ६१३ जना रहेका छन् ।  

मन्त्रालयका अनुसार  पीसीआर विधिबाट हालसम्म २ लाख ८९ हजार ३७१ परीक्षणहरु गरिएका छन् । यस्तै, २४ घण्टामा ५ हजार ८५६ परीक्षण भएका छन् ।

हालसम्म क्‍वारेन्टाइनमा रहनेको संख्या २३ हजार ४७० जना छन् ।