‘यस, इट्स यस’ ले ल्याएको परिवर्तन

‘यस, इट्स यस’ ले ल्याएको परिवर्तन

लोकसंवाद संवाददाता  |  समाचार  |  चैत्र ४, २०७५

१७ मार्च सन १९९२ को दिन दक्षिण अफ्रिकामा जनमत संग्रह भएको थियो । यस जनमत संग्रहमा आएको परिणामले दक्षिण अफ्रिकाको इतिहासमा सुनौलो परिवर्तन ल्याइदियो । 

काठमाडौं । आजको दक्षिण अफ्रिकामा काला र गोरा जातिका मानिसलाई समान अधिकार उपलब्ध रहे पनि त्यहाँको पूर्व इतिहासमा यो समानता थिएन । 
यहाँका काला बासिन्दाले लामो समयसम्म रंगभेदको तल्लो मानसिकता खेपेको तथ्य नकार्न सकिदैन । 

दक्षिण अफ्रिकामा सन् १९४८ देखि रंगभेदको नीति कायम रही आएको थियो । दक्षिण अफ्रिकाले अंगालेको यस रंगभेद नीतिका कारण संसारका कैयन राष्ट्रले यस राष्ट्र माथि बन्देज लगाएका थिए ।
अन्ततः १७ मार्च १९९२ का दिन दक्षिण अफ्रिकामा यस रंगभेद नीतिलाई लिएर जनमत संग्रह गरियो । 

यो जनमत संग्रहको झण्डै दुई वर्ष पहिला सन् १९९०मा त्यहाँका महान अश्वेत नेता नेल्सन मण्डेला २७ वर्ष लामो कारावास जीवनबाट मुक्त भएका थिए । 

नेल्सन मण्डेलाको रिहाईपछि दक्षिण अफ्रीकाका तत्कालीन राष्ट्रपति एफ.डब्लु डी क्लार्कले देशको  मुहार फेर्ने अभियानका क्रममा ठूलो परिवर्तन ल्याउने हेतुले वर्षौंदेखि  चली आइरहेको रंगभेद नीतिलाई समाप्त पार्ने अठोट गरे ।

क्लार्क चाहान्थे, यस विषयमा सम्पूर्ण देशको सहभागिता होस, देशबासीले यसबारे आफ्नो धारण व्यक्त गरुन, उनीहरु रंगभेद नीतिलाई जारी राख्न चाहान्छन वा यसलाई समाप्त गर्न चाहान्छन । संसदमा रहेका केही दलहरुको विरोध हुँदाहुँदै पनि राष्ट्रपति क्लार्कले जनमत संग्रहको घोषणा गरे । 

राष्ट्रपति क्लार्कको बुझाई थियो, ‘रंगभेद नीति जारी रहेमा देशमा गृहयुद्धको स्थिति  आउन सक्छ र अन्तराष्ट्रिय स्तरमा दक्षिण अफ्रिकाको स्थिति झनै खराब हुनसक्छ ।

राष्ट्रपतिले गरेको घोषणा पछि १७ मार्च १९९२ मा दक्षिण अफ्रिकामा सम्पन्न भएको जनमत संग्रहको परिणमले रंगभेद नीतिको सदाका लागि अन्त भयो । दक्षिण अफ्रिकाको इतिहासमा यो ठूलो मोड बन्यो । 

यस जनमत संग्रहमा देशभरिका झण्डै २८ लाख श्वेत नागरिकले मतदान गरे,र ६८.७३ प्रतिशतले रंगभृद जस्तो नस्लीय विभेद नीतिलाई खारिज गर्ने पक्षमा मतदान गरे ।

रंगभेद नीतिको खात्माका लागि श्र्रेय तत्कालीन राष्ट्रपति क्लार्कलाई प्रदान गरियो । उनको सरकारले देशभरिका मानिसलाई जनमत संग्रहमा भाग लिन समाचारपत्र,रेडियो, टेलिभिजन लगायतका माध्यमले जागरुक बनायो । 

जनमत संग्रहको परिणामले नेल्सन मण्डेलाको २७ वर्षे लामो जेल जीवनको तपस्या पूर्ण भयो । जनमत संग्रहको परिणामको  घोषणा गर्दै राष्ट्रपति क्लर्कले भने, ‘हामीले रंगभेद नीतिको किताव बन्द गरिदियौं ।’

महान नेता मण्डेलाले यस घोषणको सहर्ष स्वागत गरे, र दक्षिण अफ्रिकाको प्रमुख समाचारपत्र केप टाइम्सले आफ्नो ‘ब्यानर न्यूज’ बनायो’ ‘यस, इट्स यस ।’

सन ११९३ को नोबेल पुरस्कारबाट राष्ट्रपति क्लार्क र नेल्सन मण्डेलालाई संयुक्त रुपमा सम्मानित गरियो । 

१८ मार्च १९३६मा दक्षिण अफ्रिकाको जोहन्सवर्गमा जन्मिएका क्लार्क १९८९ मा दक्षिण अफ्रिकाका राष्ट्रपति बनेका थिए । राष्ट्रपति बनेको एक वर्ष भित्रै नेल्सन मंडेलालाई मुक्त गरी उनले तीन वर्ष भित्रै ऐतिहासिक जनमत संग्रह गराई देशको मुहार परिबर्तित गरिदिए । ८३ वर्षीय क्लार्कलाई जन्मदिनको शुभकामना । वर्तमानमा क्लार्क दक्षिण अफ्रिकाको केपटाउन, वेस्ट्रन केपमा वसोवास गर्छन ।