थपिए कोरोनाका १ सय १६ संक्रमित

थपिए कोरोनाका १ सय १६ संक्रमित

लोकसंवाद संवाददाता  |  स्वास्थ्य  |  असार ३१, २०७७

काठमाडौं । आज असार ३१ गते बुधबार थप १ सय १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन्। यीसहित हालसम्म कुल संक्रमितको संख्या १७ हजार १ सय ७७ पुगेको छ।

त्यस्तै यस अवधिमा ६ सय ९७ जना निको भई घर फर्किएका छन्। हालसम्म ११ हजार २५ जना कोरोनाबाट निको भएको मन्त्रालयले जनाएको छ। हालसम्म ६४ प्रतिशत निको भएको मन्त्रालयले जनाएको छ।


विगत २४ घण्टामा ५ हजार ९० जनाको पिसिआर परीक्षण भएको छ। हालसम्म नेपालमा कुल २ लाख ९८ हजार बढीको  पिसिआर परीक्षण भएको छ।

त्यस्तै हालसम्म मृतक ३९ जनामा कोरोना पुष्टि भएको छ।