अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवस मनाउन चार दलित संगठन एकजुट

अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवस मनाउन चार दलित संगठन एकजुट

लोकसंवाद संवाददाता  |  समाचार  |  चैत्र ४, २०७५

काठमाडौं । चार राजनीतिक दलित संगठनले राजकुमार हिङ्माङको संयोजकत्वमा ५४ औं अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवस (मार्च २१) आयोजक मूल समारोह समिति गठन गरेका छन् । 

जात व्यवस्था उन्मुलन मोर्चा, नेपाल, दलित मुक्ति मोर्चा, नेपाल, नेपाल दलित मुक्ति मोर्चा र दलित शक्ति नेपालले हिङमाङको संयोजकत्वमा समिति गठन गरेका हुन् । 

समितिले बिहीबार नै विज्ञप्ति जारी गरी दलित आन्दोलनलाई उचाइ दिन संयुक्त रूपमा दिवस मनाउने जनाएको छ ।  ‘नेपालका क्रान्तिकारी दलितहरूले दलित आन्दोलनलाई नयाँ उचाइँ दिन र नयाँ शिराबाट आन्दोलनलाई विकास गर्न नयाँ खालको एकताले मात्रै सम्भव छ भन्ने निश्कर्ष निकाल्दै हामी चार राजनीतिक दलको बैठक बसी राजकुमार हिङ्माङको संयोजकत्वमा ५४ औं अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवस (मार्च २१) आयोजक मूल समारोह समिति गठन गर्न सहमत भएका हौं,’ चारै संगठनका प्रतिनिधिले हस्ताक्षर गरेको विज्ञप्तिमा भनिएको छ । 

यस्तै, समितिले दिवस मनाउन सम्पूर्ण दलित समुदायलाई अपिल समेत गरेको छ ।