स्किजोफ्रेनियाका बिरामीको उपचार अघि र पछि समुदाय र परिवारले अपनाउनुपर्ने सावधानी

स्किजोफ्रेनियाका बिरामीको उपचार अघि र पछि समुदाय र परिवारले अपनाउनुपर्ने सावधानी

प्रा.डा.सुदर्शन नरसिंह प्रधान  |  जीवनशैली  |  चैत्र ४, २०७५

नेपाल मनोचिकित्सक संघका नवनिर्वाचित अध्यक्ष प्रा.डा. सुदर्शन नरसिंह प्रधानले स्किजोफ्रेनियाबारे खोजमूलक आलेख तयार गर्नुभएको छ । यसअघि उहाँको स्किजोफ्रेनियाको लक्षण, पहिचान र निदान र स्किजोफ्रेनिया पूर्वजन्मको पाप वा भूतप्रेत लागेर हुँदैन  शीर्षकको आलेख प्रकाशित भइसकेको छ । यसपछि स्किजोफ्रेनियाको उपचार नहुँदा हुने गम्भीर परिणामबारे आलेख प्रकाशन गरिनेछ । 

बिरामी ज्यादै उत्तेजित भएको बेलामा के गर्ने र के नगर्ने ?

साइकोसिसको बिरामी कहिलेकाहीँ ज्यादै उत्तेजित हुने, तोडफोड गर्ने, झगडा र कुटपिट गर्ने र मर्न/मार्न समेत तम्सिने हुन सक्छ । यस्तो उत्तेजित हुने कारणहरूमा मिथ्याभास (Hallucinatikon) एक हो, जसमा बिरामीले कसैले अह्राएको, गाली गरेको, धम्क्याएको वा कसैले यस्तो गर भनेर निर्देशन दिएको आवाज सुनेको हुन सक्छ । त्यसैगरी आफ्नो जिन्दगी जोखिमपूर्ण अवस्थामा भएको र जसरी पनि आफ्नो ज्यान बचाउनुपर्छ भन्ने भ्रम (Delusion) भएको हुन सक्छ । यस्तो खतरापूर्ण अवस्थामा बिरामी वा अरू कसैलाई पनि हानी नोक्सानी नहोस् भनी विशेष सतर्कता अपनाउनुपर्ने हुन्छ । 

उपचार सुरु गर्दाका दिनहरूमा बिरामीप्रति कस्तो व्यवहार गर्ने ?

रोग नियन्त्रणमा आएपछि बिरामीप्रति कस्तो व्यवहार गर्ने ?

याद गर्नुस् समस्या बल्झिन नदिन र निको हुँदै जानमा पारिवारिक वातावरणको प्रमुख भूमिका रहेको हुन्छ । 

रोग राम्रो गरी नियन्त्रणमा आएको छ भनेर कसरी थाहा पाउने ? 

निम्न लक्षण देखिएमा रोग राम्रोसँग नियन्त्रणमा आएको छ भन्न सकिन्छ ।

रोग नियन्त्रणमा आएपछि सामान्य जीवनयापन गर्न सजिलो हुन्छ र परिवारको बोझ निकै हदसम्म हल्का हुन्छ तर पनि रोग बल्झिने खतरा भने रहिरहन्छ र त्यसको लागि बिरामी र उनके परिवार सचेत हुनुपर्छ । 

बिरामीलाई नियमित औषधी सेवन गर्न कसरी प्रेरित गर्ने ?

स्किजोफ्रेनियाको औषधी नियमित सेवन गर्नु अति आवश्यक हुन्छ । औषधी सेवन नगर्दा समस्या बढ्दै जान्छ भने खाँदाखाँदै बीचैमा छाडिदिँदा रोग पुनः बल्झेर आउँछ । यहाँ बिरामीले औषधी नलिने कारण र त्यसको समाधानमा उपयोगी हुने केही उपाय दिइएको छ ।

खानामा मिसाएर औषधी खुवाउनु राम्रो होइन । बिरामीले एक पटक थाहा पाएपछि उसको विश्वास जित्न कठिन हुन्छ । यदि बिरामीले औषधी खानै मान्दैन भने शक्तिको प्रयोग नगर्नुस् । केही समयपछि उसको मन ठीक भएको बेला फेरि कुरा गर्नुस् । बिरामीको विश्वास जित्न सके र यो औषधीले मलाई नोक्सान गर्दैन भन्ने कुरामा ढुक्क भए बिरामीले औषधी खान मान्छ । 
औषधी खुवाउन ज्यादै कठिन हुने बिरामीलाई सुईबाट दिइने औषधी प्रयोग गर्नु राम्रो मानिन्छ किनभने यो लामो समयको अन्तरालमा दिइन्छ र औषधी सेवन गर्न बिर्सनुबाट सिर्जित समस्या पनि रहँदैन । सजायको रूपमा सुई दिएको सम्झनुहुँदैन ।

यस रोगका बिरामीलाई कस्तो खाना दिनुपर्छ ? 

स्किजोफ्रेनियाका बिरामीलाई परिवारले खाने सामान्य खाना नै उपयुक्त हुन्छ । उपलब्ध हुन सके फलपूmल र हरियो सातपात खानमा समावेश भए राम्रो ।

परिवारका सदस्यहरूलाई पर्ने असर

अधिकांश परिवार, जब आफ्नो कुनै परिवारका कुनै सदस्यलाई स्किजोफ्रेनिया भएको थाहा पाउँछन् तिनीहरू छाँगाबाट खसेझै‌ हुन्छन् अथवा अत्तालिन्छन्, दिक्क मान्छन् वा चिन्तित हुन्छन्  । तिनीहरूका केही अनुभवहरू यस प्रकार छन्–

दुःखः परिवारको सदस्य नै हामीबाट छिनिएजस्तो भयो । 

चिन्ताः उसलाई एक्लो छाड्न एकदम डर लाग्छ । 

हिनताबोधः मेरो कारणले गर्दा पो यस्तो भयो कि ? 

एक्लिएको अनुभव ः  हाम्रो कुरा कसैले बुझ्दैन ।

 तितो अनुभव  ः  हामीलाई मात्र किन यस्तो हुन्छ ?

 बिरामीप्रति दुबिधाः  यति माया गर्दागर्दै यस्तो हुन्छ भने वास्ता नगरौं जस्तो हुन्छ ।

 उदासपनः कसैले बोल्दा पनि झिँजो लाग्छ, झर्किन मन लाग्छ । 

समस्या इन्कारः हाम्रो परिवारमा यस्तो हुन सक्तैन । 

आपसमा दोषः  गतिला बुबाआमा  भएको भए...। 

विवाहलाई दोषः  श्रीमान्सँगको सम्बन्ध बिग्रँदै गएको छ ।

अनिद्रा  ः  मलाई रातहरू पनि ज्यादै लामा लाग्न थालेका छन् ।

 सामूहिक क्रियाकलापबाट

टाढिनु  ः आजकल त हाम्रो परिवार सबै एक ठाउँमा जम्मा पनि भइँदैन । 
नसा सेवनड्ः बेलुका टन्न रक्सी खान थालेको छु ।

रिस  ः  बिरामीका कारण घरमा झगडा हुन्छ ।

यस्तो अनुभव बिरामीको बाबुआमा मात्र नभई दाजुभाइ दिदीबहिनीले समेत गरेका हुन्छन् । साना केटाकेटीहरू यस्तो के भएको भनेर अलमल परेका हुन्छन् । परिवारका पाका व्यक्तिहरूले यसबाट अन्य छोराछोरीलाई पर्न जाने असरबाट बचाउन समस्यालाई उपयुक्त तरिकाले बुझाउनुपर्छ । 

प्रायः बुबाआमाले बिरामीलाई स्याहार,  माया–ममता तथा ध्यान दिँदा आफ्ना अन्य स्वस्थ छोराछोरीप्रतिको व्यवहारमा त्यति ध्यान पुर्‍याउँदैनन् । स्वस्थ छोराछोरीहरू, हामीलाई पनि यस्तै रोग लाग्छ होला भनी डराइरहेका हुन्छन् । हाम्रो वास्ता बुबाआमाले गर्दैनन् भन्ने भावना बढ्दै जान्छ र हामीलाई मात्र के मतलब भन्ने सोचाई आउन सक्छ । तसर्थ, कठिनाई भएता पनि सबैको आवश्यकता बुझी एक आपसमा सम्बन्ध सकभर राम्रो राख्न प्रत्यत्नरत हुनुपर्छ ।

समान समस्या भएका परिवार तथा यस्तो समस्या समाधान गरेका परिवारको सम्पर्कमा रहने हो भने पनि बिरामीको परिवारले धेरै कुराहरूको सहयोग र ज्ञान पाउन सक्छन् । पारिवारिक परामर्शदाताको सहयोगबाट पनि ठूलो राहत मिल्न सक्छ । 

स्क्रिजोफ्रेनिया भएको व्यक्तिका बुबाआमा, श्रीमान्, श्रीमती वा अन्य सदस्यलाई यो रोगबारे र यस रोगका लक्षणबारे राम्रो जानकारी भएमा बिरामीको समस्या बुझ्न, रेखदेख गर्न र लक्षण बढेको वा कम भएको बारे जान्न सहयोग हुन्छ । यस्तो जानकारीले रोग बढेको वा घटेको छुट्याउन पनि सजिलो हुन्छ । 

स्क्रिजोफ्रेनियासँग जुझ्न परिवारको भूमिका

बिरामीलाई पूर्ण रूपमा माया र सहयोग गर्नुस् । उसलाई आफ्नो (उसको) अवस्था बुझ्नमा सहयोग गर्नुस् । समस्यालाई व्यवस्थित गरी सन्तोषप्रद जीवन वनाउन सकिने कुरामा आशा राखेर बिरामीसँग पनि त्यसरी नै प्रस्तुत हुनुस् ।