अमेरिकी विदेशमन्त्री पोम्पेओ बेलायत र डेनमार्क जाने

अमेरिकी विदेशमन्त्री पोम्पेओ बेलायत र डेनमार्क जाने

लोकसंवाद संवाददाता  |  विदेश  |  श्रावण १, २०७७

एजेन्सी । अमेरिकी विदेशमन्त्री माइक पोम्पेओ आगामी हप्ता संयुक्त अधिराज्य र डेनमार्कको भ्रमणमा जान लाग्नुभएको छ । 

आगामी हप्ताको शुरुमै उहाँ त्यसतर्फ जान लाग्नुभएको बुधबार अमेरिकी विदेश मन्त्रालयले प्रकाशन गरेको विज्ञप्तिमा जनाइएको छ । 

पछिल्लो समयमा चीन र हङ्कङ्मा विकास भइरहेको परिस्थितिको बारेमा आवश्यक छलफल गर्नका लागि अमेरिकी विदेशमन्त्री पोम्पेओ युरोपका ती दुई देशको भ्रमणका लागि जान लाग्नुभएको हो । 

उहाँले भन्नुभएको छ– आगामी हप्ता नै छोटो भ्रमणका लागि म संयुक्त अधिराज्य र डेनमार्कको भ्रमणका लागि जान लागेको छु र मैले त्यहाँ चीन र हङ्कङ्का विषयमा छलफल गर्नेछु ।