इरानमा आतंकवादी आक्रमण, दुई जनाको मृत्यु

इरानमा आतंकवादी आक्रमण, दुई जनाको मृत्यु

लोकसंवाद संवाददाता  |  विदेश  |  श्रावण १, २०७७

एजेन्सी । इरानको पश्चिमी प्रान्त कुर्दिस्तानमा “प्रतिक्रान्तिकारी समूह”को 'आतंकवादी' आक्रमणमा दुई व्यक्तिको मृत्यु हुनुका साथै एक जना घाइते भएका छन् । 

इरानी समाचार संस्था इर्नाले बुधबार राति आतंकवादी आक्रमणमा दुई जनाको मृत्यु भएको जनाएको छ । इरानी क्रान्तिकारी गार्डले प्रकाशन गरेको वक्तव्यमा बोल्बार गाउँनजिक उक्त आक्रमण भएको उल्लेख छ । तर आक्रमणमा जिम्मेवार समूहको नाम भने उल्लेख गरिएको छैन । 

विगत ४० वर्षभन्दा बढीदेखि इरानले कुर्दिस लडाकूसँग संघर्ष गरिरहेको छ । कुर्दिस लडाकूहरुले छिमेकी मुलुक इरानको कुर्दिस्तानमा आधार खडा गरी इरानी सेना र इरानी कार्यालयहरुमाथि आक्रमण गर्ने गरेका छन् ।