आफूअनुकूल परीक्षा लिँदै स्थानीय तह : कोर्स पूरा नहुँदा विद्यार्थी मर्कामा

आफूअनुकूल परीक्षा लिँदै स्थानीय तह : कोर्स पूरा नहुँदा विद्यार्थी मर्कामा

लोकसंवाद संवाददाता  |  समाचार  |  चैत्र ५, २०७५

काठमाडौं । कालिकोटका स्थानीय तहले आफूअनुकूल आधारभूत तहको परीक्षा लिन थालेका छन् । जिल्लाका नौवटा स्थानीय तहमध्ये केहीले शैक्षिक सत्र सकिनु एक महिनाअगाडि नै परीक्षा लिएका छन् । केहीले भने शैक्षिक सत्रको अन्त्यमा परीक्षा लिएका छन् । संघीयताको कार्यान्वयनसँगै आधारभूत तहको परीक्षाको जिम्मा स्थानीय तहमा हस्तान्तरण भएको छ ।

जिल्लाका महावै, शुभकालिका गाउँपालिका, खाँडाचक्र नगरपालिका र रास्कोट नगरपालिकाले शैक्षिक सत्र सकिनु एक महिनाअगाडि नै परीक्षा लिएका छन् । सान्नीत्रिवेणी, पचालझरना, पलाता र नरहरिनाथ गाउँपालिकाले शैक्षिक सत्रको अन्तमा परीक्षा लिन थालेका छन् । महावै, शुभकालिका गाउँपालिका, खाँडाचक्र नगरपालिकाले २७ फागुनबाट परीक्षा लिएका हुन् । रास्कोट नगरपालिकाले १ चैतबाट परीक्षा लिएको छ । सान्नीत्रिवेणी, पचालझरना, पलाता र नरहरिनाथ गाउँपालिकाले १० चैतबाट सुरु हुने एसइई परीक्षासँगै लिने भएका छन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।