बिना निष्कर्ष टुंगियो ओली दाहाल वार्ता

बिना निष्कर्ष टुंगियो ओली दाहाल वार्ता

लोकसंवाद संवाददाता  |  समाचार  |  श्रावण १, २०७७

काठमाडौं । पार्टीभित्रको आन्तरिक विवाद मिलाउन लगातार छलफलमा जुटिरहेका प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीचको आजको वार्ता पनि बिना निष्कर्ष टुंगिएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज ( साउन १ गते बिहीबार) बसेको छलफल बिना निष्कर्ष टुंगिएको स्रोतले जनाएको छ। स्रोतका अनुसार विवाद मिलाउन सहमतिका लागि पहल जारी रहने छ ।

बरिष्ठ नेता माधवकुमार नेपाल र महासचिव विष्णु पौडेलसमेत सहभागी भएको छलफलमा दाहाल नेपालले प्रधानमन्त्री ओलीलाई राजीनामा दिन आग्रह गरेका छन्।

पार्टीको विवादका कारण गत असार १८ गतेदेखि स्थायी समिति बैठक बस्न सकेको छैन। सहमतिका लागि भन्दै पटक पटक स्थायी समिति बैठक स्थगित हुँदै आएको छ।