कोरोना युद्धका कमाण्डर : ३ हजारभन्दा बढी चिकित्सकले मृत्यु भनेनन्, तिनैमाथि अपमान र हिंसा !

कोरोना युद्धका कमाण्डर : ३ हजारभन्दा बढी चिकित्सकले  मृत्यु भनेनन्, तिनैमाथि अपमान र हिंसा !

लोकसंवाद संवाददाता  |  समाचार  |  श्रावण २, २०७७

काठमाडौं । विश्व यतिबेला कोरोना भाइरसको महामारीको सामना गरिरहेको छ । यसले आर्थिक, सामाजिक र राजनीतिक सबै क्षेत्रमा गहिरो प्रभाव पारेको छ । संसारमा कोरोना भाइरसबाट १ करोड ३६ लाख ९१ हजारभन्दा बढी संक्रमित भइसकेका छन् । नेपालमा कोरोना संक्रमितको संख्या १७ हजार नाघिसकेको छ । 

पछिल्लो २४ घन्टामा मात्रै संसारमा २ लाख ३४ हजारभन्दा बढी संक्रमित भेटिएका छन् । छिमेकी राष्ट्र भारतमा मात्रै संक्रमितको संख्या ९ लाख ७० हजार बढीमा संक्रमण पुष्टि भइसकेको छ । हालसम्म विश्वमा ५ लाख ८६ हजार ८२१ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । 

कोरोना भाइरसको कहर ‘वारियर्स’ मा पनि परेको छ । कोरोना भाइरस विश्वमा यस्तो युद्धका रुपमा आयो, जुन स्वास्थ्यकर्मीको नेतृत्वमा लड्नुपर्‍यो । तर कोरोना भाइरसको सिकार ठूलो संख्यामा तीनै स्वास्थ्यकर्मी बनेका छन् । एम्नेस्टी इन्टरनेशनलको रिपोर्टअनुसार संसारमा कोरोना भाइरसको संक्रमणबाट ३ हजारभन्दा बढी चिकित्सकको मृत्यु भएको छ । 

कोरोनाबाट चिकित्सकको मृत्यु हुनुकापछि असुरक्षित वातावरणमा काम गर्नु, लामो समयसम्म निरन्तर काम गर्नु, कम तलव र केही देशमा त स्वास्थ्यकर्मीमाथिको हिंसा समेत भएको पाइएको छ । 

सेन्टर फर डिजिज कन्ट्रोल (सीडीसी) को एक रिपोर्ट अनुसार अमेरिकामा हरेक १० मध्ये एक स्वास्थ्यकर्मी कोरोना संक्रमणको सिकार भइरहेको उल्लेख गरेको छ  । भारतको बिहारमा २४ घन्टामा दुई चिकित्सकको कोरोना संक्रमणबाट मृत्यु भएको घटना समेत देखिएको छ । ५४ वर्षीय डाक्टर अश्वनी नन्दकुलियार गयामा जनरल फिजिसियन थिए र कोरोना संक्रमितको उपचार गरिरहेका थिए । यसै क्रममा उनी पनि संक्रमित भए । स्वास्थ्य खराब भएपछि उनी पटना एम्स अस्पतालमा भर्ना भए । सोमबारमात्रै उनको मृत्यु भएको छ ।

रिपोर्टमा स्वास्थ्यकर्मीले समयमा नै तलव नपाएको या तलव कटौती गरिएको उल्लेख गरिएको छ । संसारका कतिपय देशमा त चिकित्सकको तलव दिइएको छैन । दक्षिण सुडानमा गत फेब्रुअरीदेखि तलव दिइएको छैन । उनीहरुले कल्याणकारी योजना र कुनै प्रकारका सुविधा समेत पाएका छैनन् । चिकित्सकले आफ्नै तलवको १२ प्रतिशत रकम छुट्याएर पीपीइ किट किनिरहेका छन् ।

मंगलबार कोरोना भाइरसका कारण भारतमा पीएमसीएच चिकित्सकको मृत्यु भएको छ । डाक्टर एनके सिंह पीएमसीएचको इएनटी विभागमा एसोसिएट प्राध्यापक थिए । उनलाई पटना एम्स अस्पतालमा भर्ना गरिएको थियो । गत महिना दिल्लीको लोक नायक अस्पतालका डाक्टर अशिम गुप्ताको कोरोना संक्रमणबाट नै मृत्यु भएको थियो । 

रुसमा ५४५ स्वास्थ्यकर्मीको मृत्यु

बेलायतको संस्था एम्नेस्टी इन्टरनेशनलले संसारका ७९ देशमा सर्वेक्षणको आधारमा रिपोर्ट तयार गरेको थियो । यो रिपोर्ट अनुसार सबैभन्दा बढी रुसमा ५४५ जना, बेलायतमा ५४० जना, अमेरिकामा ५०७ जना, ब्राजीलमा ३५१ इरानमा १११ जना स्वास्थ्यकर्मीको मृत्यु भएको छ ।

भारतमा मात्रै कोरोना भाइरसका कारण ९३ जना डाक्टरले ज्यान गुमाएको इन्डियन मेडिकल एसोसिएसन (आइएमए) का अध्यक्ष डा.रञ्जन शर्माले बताएका छन् । अहिलेसम्म भारतमा १ हजार २७९ जना स्वास्थ्यकर्मी संक्रमित भएका छन् । यसरी संक्रमित हुनेमध्ये ७७१ जना चिकित्सकको उमेर ३५ वर्षभन्दा कम छ भने २४७ जनाको उमेर ३५ वर्षभन्दा माथि छ । यसका साथै २६१ जना चिकित्सकको उमेर ५० वर्षभन्दा माथि छ । 

सुरक्षा र पीपीईको अभाव

रिपोर्ट अनुसार कोरोनाकालमा हेल्थ वर्कर्सलाई सुरक्षा सम्बन्धी वस्तुको कमीका कारण बढी खतरा उत्पन्न भयो । इटाली, बेलायत, स्पेन, भारत, पाकिस्तान, ब्राजीलसहितका दर्जनौं देशमा पीपीई कीट र अन्य स्वास्थ्य सुविधाको कमी भयो । 

भारतको राजधानी दिल्लीमा नै सबैभन्दा बढी स्वास्थ्यकर्मीले अभावको सामना गर्नुप¥यो भने सबैभन्दा बढी दिल्लीमा कार्यरत चिकित्सकले नै ज्यान गुमाए । दिल्लीमा मात्रै कोरोना भाइरसका कारण १८ जना चिकित्सकको मृत्यु भयो । 

मृत्युको कारण अस्पतालमा बिरामीको संख्यामा वृद्धि र डाक्टरसँग सुरक्षा सम्बन्धी उपकरणको अभाव थियो । स्वास्थ्यकर्मीका अनुसार गर्मीमा लामो समयसम्म पीपीई लगाएर काम गर्नु कठिन कुरा हो । पीपीई लगाएपछि पानी पिउन, खाना खान र वाथरुम जानसमेत कठिन हुन्छ र अत्यधिक पसिना आउँछ । 

तलव कटौती, केही देशमा तलव नदिनु

रिपोर्टमा स्वास्थ्यकर्मीले समयमा नै तलव नपाएको या तलव कटौती गरिएको उल्लेख गरिएको छ । संसारका कतिपय देशमा त चिकित्सकको तलव दिइएको छैन । दक्षिण सुडानमा गत फेब्रुअरीदेखि तलव दिइएको छैन । उनीहरुले कल्याणकारी योजना र कुनै प्रकारका सुविधा समेत पाएका छैनन् । चिकित्सकले आफ्नै तलवको १२ प्रतिशत रकम छुट्याएर पीपीइ किट किनिरहेका छन् ।

स्वास्थ्यकर्मीमाथि हिंसा र दुव्र्यवहार

एम्नेस्टीका अनुसार कोरोना संक्रमणको समयमा चिकित्सक र नर्सहरुमाथि प्रशस्तै हिंसा र दुव्र्यवहार भयो । केही देशमा त चिकित्सकले कोरोना सार्ने भन्दै सांघातिक हमला सम्म भएको उल्लेख गरिएको छ । भारतको नयाँ दिल्लीमा गत अप्रिलमा एक महिला स्वास्थ्यकर्मीलाई बसेको डेराबाट अन्यत्र नसरे बलात्कार गर्ने धम्की आएको कुराले निकै चर्चा आएको थियो । 

मेक्सिकोमा एक नर्समाथि केही मानिसले क्लोरिन फालेका थिए । फिलिपिन्समा अस्पतालका एक कर्मचारीमाथि ‘ब्लीच’ छ्यापिएको थियो । छिमेकी भारत र पाकिस्तानमा समेत स्वास्थ्यकर्मीले हिंसाको सामना गर्नु परेको घट्नालाई समावेश गरिएको छ ।