बल्ल बन्यो कांग्रेसको अनुशासन समिति

बल्ल बन्यो कांग्रेसको अनुशासन समिति

लोकसंवाद संवाददाता  |  समाचार  |  चैत्र ५, २०७५

काठमाडौं । लामो रस्साकस्सीपछि कांग्रेसले अनुशासन समिति गठन गरेको छ । सोमबार साँझ पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकले पार्टी विधान– २०१७ (संशोधित र परिमार्जित) कोधारा ३४ (७) अनुसार केन्द्रीय सदस्य भीष्मराज आङ्देम्बेको संयोजकत्वमा केन्द्रीय अनुशासन समिति बनाएको हो । 

पाँच सदस्यीय समितिमा देवेन्द्रराज कँडेल र किशोरसिंह राठोर सदस्य बनेका छन् । बाँकी दुई सदस्य मंगलबार बस्ने केन्द्रीय कार्यसमिति बैठकले थप्ने उपसभापति बिमलेन्द्र निधिले जानकारी दिए । ‘अनुशासन समितिले सहमतिमा मात्रै निर्णय गर्ने प्रावधान राख्ने सहमति शीर्ष तहमा जुटेपछि समिति गठन सम्भव भयो,’ उपसभापति निधिले नयाँ पत्रिकासँग भने । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।